National life

स्वदेशी परियोजनामा कर्जा प्रवाह गर्दा आधारदरमा अधिकतम २% मात्र प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्नुपर्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०२ साउन २०८०, मङ्गलबार
542Shares
स्वदेशी परियोजनामा कर्जा प्रवाह गर्दा आधारदरमा अधिकतम २% मात्र प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्नुपर्ने
ncell

काठमाडाैं । बैंक तथा वित्तीय संस्थाहरुले विभिन्न स्वदेशी परियोजनामा कर्जा प्रवाह गर्दा आधारदरमा अधिकतम २ प्रतिशतसम्म मात्र प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

फलफूल एवं जडीबुटी उत्पादन तथा स्वेदशमा उत्पादित फलफूल एवं जडीबुटी प्रशोधन गर्ने परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्दा आधारदरमा अधिकतम २ प्रतिशतसम्म मात्र प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था रहेकाे केन्द्रीय बैंकले जनाएको छ ।

उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह हुँदा उद्यमशीलता प्रवर्द्धन हुने, रोजगारी सिर्जना हुने, उत्पादन बढ्ने, आयात प्रतिस्थापन गर्न सहयोग पुग्नजस्ता सकारात्मक प्रभाव अर्थतन्त्रमा पर्दछ र यसले गरिबी न्यूनीकरणका साथै समग्र आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यदि यस किसिमको कर्जा कसैले लिएका छन् वा लिँदै छन् र यो व्यवस्थाको पालना भएको छैन भने कर्जा लिएको संस्थामा वा नेपाल राष्ट्र बैंकमा रहेको गुनासो सुनुवाइ इकाइमा गुनासो दर्ता गर्न सकिने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
542SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?