National life
cg eloctronics

हकप्रद शेयर निष्काशन गर्दै सिटि होटल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ भदौ २०८२, बिहिबार
1.4kShares
हकप्रद शेयर निष्काशन गर्दै सिटि होटल
ncell

काठमाडौँ । सिटि होटल लिमिटेडले भदौ २३ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । होटलले हाल कायम चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

होटलले प्रतिकित्ता एक सय अंकित दरले १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँबराबरको १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । कम्पनीले १ः०.८ को अनुपातमा अर्थात १० कित्ता साधारण सेयर बराबर ८ कित्ता सेयरका दरले शेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्दैछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस हकप्रद शेयर प्रयोजनका लागि साउन २७ गते बुक क्लोज गरिसकेको छ । अर्थात साउन २६ गतेसम्मका शेयरधनीले उक्त हकप्रद शेयर भर्न पाउनेछन् । भदौ २३ गतेदेखि निष्काशन हुने हकप्रद शेयर असोज १२ गते बैकिङ्ग समय पश्चात बन्द हुनेछ ।

कप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले प्रभु क्यापिटल, सिटी होटल, र प्रभु बैंकका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्।

यसका साथै सर्बसाधारण सेयरधनीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?