National life

हिमालयन लाइफद्वारा बोनस शेयरको कर तिर्न आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ जेठ २०८२, सोमबार
498Shares
हिमालयन लाइफद्वारा बोनस शेयरको कर तिर्न आग्रह
ncell

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले शेयरधनीहरूलाई बोनस शेयर बापतको कर तिर्न आग्रह गरेको छ।

कम्पनीको गत फागुन ११ गते सम्पन्न सत्रौं वार्षिक साधारण सभाले पारित गरेको १४ प्रतिशत बोनस शेयर बापतको कर जम्मा गर्न आग्रह गरेको हो।

माघ २४ गतेसम्म कायम शेयरधनीहरूले कम्पनीको बोनस शेयर प्राप्त गरेका छन्। कर तिरेपछि मात्रै बोनस शेयर शेयरधनीको डिम्याट खातामा पठाइने कम्पनीले जानकारी दिएको छ।

Royal Enfield
nic asia capital

साथै माघ २४ गतेसम्म शेयर धितो राखेर ऋण लिएका शेयरधनीले कर तिरेर ऋण लिएको बैंक तथा वित्तीय संस्थाबाट एनओसी वा फकुवा पत्र पेश गरेपछि बोनस शेयर डिम्याट खातामा पठाइने जनाएको छ।

कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएर कारोबारमा समेत आइसकेको छ।

यो समाचार शेयर गर्नुहोस्
498SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?