काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको हो ।
कम्पनी सञ्चालक समितिको बुधवार बिहान बसेको बैठकबाट उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयर धनीहरूलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३०६ रुपैयाँको ८ प्रतिशतले हुन आउने ७३ करोड १४ लाख ५८ हजार ९८४.४८ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ।
उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति गरेसँगै वार्षिक साधरणसभाबाट वितरण गरिने कम्पनीले उल्लेख गरेको छ ।


































