काठमाडौँ। निजामती कर्मचारी ट्रेड युनियनले विभिन्न १० बुँदे माग पेश गर्दै ७२ घण्टा भित्र पुरा गर्न अल्टिमेटम दिएको छ। आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कर्मचारी ट्रेड युनियनका नेताहरूले संसदीय समितिसमक्ष १० बुँदे माग राखेका हुन् ।
७२ घण्टाभित्र आफ्ना माग सम्बोधन गर्दै निजामती कर्मचारी विधेयक अगाडि बढाउन उनीहरूको माग छ । माग पुरा नभएको खण्डमा आन्दोलनको अर्को चरण सुरु हुने उनीहरूको चेतावनी दिएका छन् ।
निजामती विधेयक राज्य व्यवस्था समितिमा विचाराधीन छ । संसद्को वर्षे अधिवेशन १२ वैशाखबाट सुरु हुँदैछ । त्यसै दिन नै संसद्मा विधेयक पेस हुने निजामती कर्मचारी ट्रेड युनियनको भनाई छ ।


































