National life
cg eloctronics

१६ विद्यार्थी संगठनद्धारा विद्यालय शिक्षा ऐन जारी गर्न माग

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ भदौ २०८२, सोमबार
518Shares
१६ विद्यार्थी संगठनद्धारा विद्यालय शिक्षा ऐन जारी गर्न माग
ncell

काठमाडौं । १६ विद्यार्थी संगठनले अविलम्ब विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेका छन्।

संयुक्त विद्यार्थी संगठनका तर्फबाट आज प्रतिनिधिसभा, स्वास्थ्य शिक्षा तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले पटक-पटक विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता जनाएर सरकारले विद्यार्थीका मुद्दा र विधेयकप्रति उपेक्षा गरेको आरोप लगाएका छन्।

विद्यार्थी संगठनले विद्यालय शिक्षक नियुक्तिलाई प्रक्रिया समावेशी बनाउन तथा शतप्रतिशत खुला प्रतिस्पर्धामार्फत शिक्षक नियुक्ति माग गरेका छन्। विद्यार्थी संगठनको अनिवार्य सहभागितामा सर्वपक्षीय संवाद, वार्ता र छलफलमार्फत मात्र विधेयक अघि बढाउन उनीहरुले अनुरोध गरेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ध्यानाकर्षण पत्रमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू, राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संघ, अखिल (समाजवादी), समाजवादी विद्यार्थी युनियन, नेपाल, अखिल (क्रान्तिकारी), अखिल (छैटौँ), विद्यार्थी जनमत संघ, नयाँ शक्ति विद्यार्थी युनियन, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, अखिल (पाँचौँ), राष्ट्रिय विद्यार्थी मञ्च, अखिल नेपाल विद्यार्थी युनियनलगायतले हस्ताक्षर गरेका छन्।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
518SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?