National life

४६ अर्ब बचत फिर्ताको तयारी, जेठ पहिलो साताबाट वितरण सुरु

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२२ वैशाख २०८३, मङ्गलबार
1.4kShares
४६ अर्ब बचत फिर्ताको तयारी, जेठ पहिलो साताबाट वितरण सुरु
ncell

काठमाडौं । समस्याग्रस्त सहकारीमा अड्किएको बचत रकम जेठको पहिलो सातादेखि फिर्ता गर्न थालिने भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले मंगलबार आफ्नो कार्ययोजना सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।

समितिका अनुसार दाबी गरेका बचतकर्तालाई प्राथमिकतामा राखेर बचत फिर्ता प्रक्रिया सुरु गरिनेछ । साथै, हालसम्म दाबी पेश गर्न नपाएका बचतकर्ताका लागि आगामी साउनको पहिलो साताबाट पुनः आवेदन दिन समय खुला गरिने जनाइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कर्जा असुलीलाई प्रभावकारी बनाउन अब कडा नीति अपनाइने समितिले स्पष्ट पारेको छ । किस्ताबन्दीमा कर्जा तिर्न लिखित प्रतिबद्धता जनाउने र आंशिक रकम बुझाउने ऋणीलाई समय दिने व्यवस्था गरिनेछ भने अटेर गर्नेहरूका लागि कडा कदम चालिने चेतावनी दिइएको छ ।

समितिले कर्जा नतिर्ने व्यक्तिहरूको विस्तृत विवरण सार्वजनिक गर्ने, कालोसूचीमा राख्ने तथा परिवारका सदस्यलाई समेत त्यसमा समावेश गर्ने तयारी गरेको छ । हाल समस्याग्रस्त सहकारीसँग सम्बन्धित करिब ७६ हजार बचतकर्ताको झण्डै ४६ अर्ब रुपैयाँ फिर्ता हुन बाँकी रहेको बताइएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?