National life

११ सहकारीका १०९ ठूला ऋणीको नाम सार्वजनिक, ऋण तिर्न निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२५ वैशाख २०८३, शुक्रबार
2.4kShares
११ सहकारीका १०९ ठूला ऋणीको नाम सार्वजनिक, ऋण तिर्न निर्देशन
ncell

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले विभिन्न सहकारी संस्थाका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्दै कर्जा तिर्न आग्रह गरेको छ । समितिले ११ वटा समस्याग्रस्त सहकारीका १०९ जना ठूला ऋणीलाई लक्षित गर्दै तत्काल ऋण चुक्ता गर्न निर्देशन दिएको हो ।

कार्यालयका अनुसार वैशाख २३ गतेको निर्णयअनुसार २० सहकारीमध्ये ११ वटा सहकारीका ठूलो परिमाणमा ऋण लिएका व्यक्तिहरूको विवरण सार्वजनिक गरिएको हो । यसअघि पनि १० वटा सहकारीका ९२ जना ठूला ऋणीहरूको नाम सार्वजनिक गरिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नयाँ सूचीअनुसार सम्बन्धित ऋणीहरूलाई कार्यालयमा सम्पर्क गरी कर्जा चुक्ता गर्न भनिएको छ । अन्यथा प्रचलित कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ ।

समितिले बाँकी रहेका ठूला ऋणीहरूको नाम पनि क्रमशः सार्वजनिक गर्दै जाने जनाएको छ ।

सार्वजनिक सूचीमा कृषि विकास बहुदेश्यीय सहकारी, गोरखा सेभिङ एण्ड क्रेडिट, लुनिभा बहुदेश्यीय, हाम्रो कृषि सहकारी, प्यासिफिक सेभिङ एण्ड क्रेडिट, सोसाइटल बचत तथा ऋण, पशुपति सेभिङ एण्ड क्रेडिट, शिवशिखर बहुदेश्यीय, स्ट्यान्डर्ड सेभिङ एण्ड क्रेडिट तथा लालीगुराँस बहुदेश्यीय सहकारी संस्थाका ठूला ऋणीहरू समावेश छन् ।

यो समाचार शेयर गर्नुहोस्
2.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?