National life

इन्डक्सन र इलेक्ट्रिक गाडी बढे ट्रान्सफर्मर धान्न नसक्ने : अर्थमन्त्री डा. वाग्ले

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१७ जेठ २०८३, आइतबार
1KShares
इन्डक्सन र इलेक्ट्रिक गाडी बढे ट्रान्सफर्मर धान्न नसक्ने : अर्थमन्त्री डा. वाग्ले
ncell

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको विद्युतीय पूर्वाधार अझै पर्याप्त नहुँदा एकैपटक व्यापक रूपमा विद्युत् प्रयोग बढेमा समस्या आउन सक्ने बताएका छन्। उनले सबै घरपरिवारले इन्डक्सन चुलो प्रयोग गर्ने र धेरैले विद्युतीय सवारी साधन प्रयोग गर्न थाले वर्तमान संरचनाले धान्न नसक्ने चेतावनी दिएका हुन्।

आर्थिक वर्ष २०८३/८४ को बजेटपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ट्रान्सफर्मर र प्रसारण प्रणालीमा दबाब बढ्ने उल्लेख गरे।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनका अनुसार आगामी तीन–चार वर्षभित्र आवश्यक पूर्वाधार विस्तार गर्ने योजना रहेको छ।

ऊर्जा क्षेत्रमा लगानी बढाउनकै उद्देश्यले बिजुलीमा भ्याट लगाइएको उनले स्पष्ट पारे। स्वच्छ ऊर्जाको प्रवर्द्धनमा नागरिकको पनि सहभागिता आवश्यक रहेको भन्दै उनले करसम्बन्धी निर्णयलाई अतिरञ्जित रूपमा प्रस्तुत गरिएको टिप्पणी गरे।

यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाहले पनि हालको संरचनाले व्यापक रूपमा विद्युतीय चुलो प्रयोगलाई धान्न नसक्ने बताउँदै ट्रान्सफर्मरमा समस्या आउन सक्ने संकेत गरेका थिए।
यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?