National life

सेबोन अध्यक्ष पदका लागि ४७ जनाले दिए आवेदन

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२१ वैशाख २०८३, सोमबार
1.3kShares
सेबोन अध्यक्ष पदका लागि ४७ जनाले दिए आवेदन
ncell

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि आवेदन दिने प्रक्रिया आज अन्तिम ४७ जना इच्छुक उम्मेदवारहरूले आवेदन दिएका छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार साँझ ५ बजेसम्म ४७ जनाले आवेदन बुझाएका छन् ।

सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
समितिमा अर्थ सचिव घनश्याम उपाध्याय र नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवनकुमार दाहाल सदस्य रहेका छन् ।

अर्थ मन्त्रालयअन्तर्गत वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा रहेको सचिवालयमार्फत इच्छुक उम्मेदवारहरूले आफ्नो विवरण बुझाउने जनाइएको छ ।

नियामक निकायको अध्यक्ष पदका लागि स्नातकोत्तर तह उत्तीर्ण हुनुका साथै पुँजी बजार, वित्तीय व्यवस्थापन, अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव अनिवार्य गरिएको छ ।

सन्तोष नारायण श्रेष्ठले अध्यक्ष पदबाट राजीनामा दिएपछि रिक्त रहेको उक्त पद पूर्तिका लागि अर्थ मन्त्रालयअन्तर्गत गठित सिफारिस समितिले वैशाख १५ गते सार्वजनिक सूचना जारी गरेको थियो।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?