National life

अब सडकले नछोएको जग्गा धितोमा पनि २० लाख कर्जा पाइने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०९ साउन २०८०, मङ्गलबार
1.3kShares
अब सडकले नछोएको जग्गा  धितोमा पनि २० लाख कर्जा पाइने
ncell

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले अबदेखि सडकले नछोएको जग्गा धितोमा पनि २० लाख रुपैयाँसम्म कर्जा प्रदान गर्नुपर्ने भएको छ । तर, यस्तो कर्जा निजी वा व्यक्ति नभएर कृषि कर्जाका लागि हो ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कृषि कर्जामा वास्तविक किसानहरुको पहुँच सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको जनाएको छ । योसँगै खाद्य उत्पादन, पशु पालन तथा माछा पालन व्यवसाय गर्न सडक बाटोले नछोएको जग्गालाई समेत धितोमा स्वीकारी बैंकहरुले २० लाख रुपैयाँसम्म कृषि कर्जा प्रदान गर्नुपर्ने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तो कर्जा मागको फाइल सात कार्य दिन भित्र स्वीकृत गर्नुपर्ने र कर्जा दिन नसकिने भए स्पष्ट कारण खुलाई जानकारी दिनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

कर्जा नदिएको वा कुनै समस्या भए सेवाग्राहीले सिधै केन्द्रीय बैंकमा रिपोर्ट गर्न समेत राष्ट्र बैंक सबैमा सुसूचित गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?