National life

सेयर बजार अपडेट: आज सर्वाधिक कारोबार गर्ने कम्पनीहरू यस्ता छन्

बजारको अवस्थालाई हेर्दा अधिकांश कम्पनीको सेयर मूल्य घटेको देखिन्छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|११ असार २०८३, बिहिबार
385.2kShares
सेयर बजार अपडेट: आज सर्वाधिक कारोबार गर्ने कम्पनीहरू यस्ता छन्
ncell

काठमाडौं । सेयर बजारमा लगातार ओरालो लाग्ने प्रवृत्ति कायम रहँदा बिहीबार पनि नेप्से परिसूचक घटेको छ। यस दिन नेप्से ८.५० अंकले कमी हुँदै २६५१.५२ विन्दुमा झरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कारोबारतर्फ हेर्दा, कुल ६४ लाख ८० हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८३ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

बजारको अवस्थालाई हेर्दा अधिकांश कम्पनीको सेयर मूल्य घटेको देखिन्छ। आज ८३ कम्पनीको मूल्य बढ्दा १७२ कम्पनीको घटेको छ भने १९ कम्पनीको मूल्य स्थिर रहेको छ।

केही कम्पनीले भने उल्लेखनीय वृद्धि गरेका छन्। टक्सार पिखुवा खोला हाइड्रोपावर र यामबलिङ हाइड्रोपावरको मूल्य करिब १५ प्रतिशतले बढेको छ। साथै, कालिका लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक र रिलायन्स स्पिनिङ मिल्सले पनि सकारात्मक प्रदर्शन गरेका छन्।

त्यसैगरि, सोपान फर्मास्युटिकल्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १२ करोड ७७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

रिलायन्स स्पिनिङ मिल्स्को १२ करोड ८ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकको १० करोड ५९ लाख, आँखुखोला जलविद्युतको १० करोड ३५ लाख, नेपाल एसबीआई बैंकको ८ करोड १५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

यो समाचार शेयर गर्नुहोस्
385.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?