National life

वाणिज्य बैंकहरूले ११ महिनामा कमाए ६४ अर्ब ५६ करोड रुपैयाँ नाफा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ महिना अगाडि|२७ असार २०८३, शनिबार
1.6kShares
वाणिज्य बैंकहरूले ११ महिनामा कमाए ६४ अर्ब ५६ करोड रुपैयाँ नाफा
ncell

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा ६४ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ नाफा कमाएका हुन् । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९.६२ प्रतिशतले बढी हो ।

अघिल्लो वर्ष २०८१/८२ को जेठसम्म वाणिज्य बैंकहरुले ५३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ नाफा कमाएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म १५ वटा वाणिज्य बैंकको नाफा बढेको छ भने ५ वटाको घटेको छ ।

राष्ट्र बैंकले आज (शुक्रबार) सार्वजनिक गरेको तथ्यांकअनुसार ११ महिनाामा सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक पहिलो स्थानमा रहेको छ भने वृद्धिदरका हिसाबले कुमारी बैंक अग्रस्थानमा रहेको छ ।

समीक्षा अवधिसम्म नबिल बैंकले ८ अर्ब ४९ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा बैंकले ६ अर्ब ४० करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

त्यस्तै, सबैभन्दा धेरै नाफा कमाउने दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले ५ अर्ब ९७ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

त्यसैगरी, तेस्रो धेरै नाफा कमाउनेमा कुमारी बैंक रहेको छ । बैंकले समीक्षा अवधिमा ४ अर्ब ७० करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार ११ महिनामा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ४ अर्ब ४९ करोड ११ लाख रुपैयाँ, एभरेष्ट बैंकले ४ अर्ब १२ करोड ३४ लाख रुपैयाँ, एनआईसी एसिया बैंकले ५० करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?