एजेन्सी। अमेरिकाको फर्स्ट रिपब्लिक बैक टाट पल्टेको छ। यसअघि सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक बन्द भएको दुई महिनाको अन्तरालमा फेरि फर्स्ट रिपब्लिक बैंक टाट पल्टेको हो।
फर्स्ट रिपब्लिक बैंकलाई जेपी मोर्गानले प्राप्त (एक्वायर) गरेको छ। जेपी मोर्गानले फर्स्ट रिपब्लिकको निश्चित दायित्व ग्रहण गरेको समाचार संस्था रोयटर्सले जनाएको छ।
अमेरिकामा लगातार बैक टाटपल्टिन थालेपछि लगानीकर्ता र निक्षेपकर्ताहरू बैंक स्वतन्त्र संस्थाको रूपमा बाँच्न नसक्ने चिन्ता बढ्दै गएका छन्।
फस्र्ट रिपब्लिक हालैका महिनाहरूमा पतन हुने तेस्रो प्रमुख अमेरिकी बैंक भएको छ। सन् १९८५ फर्स्ट रिपब्लिक बैंक स्थापना भएको हो। यो बैक अमेरिकाको १४ औं ठूलो बैंक थियो।
जेपी मोर्गनले फर्स्ट रिपब्लिकको बिमा नगरिएका निक्षेपहरु र पर्याप्त रूपमा सबै सम्पत्तिहरू ग्रहण गर्ने क्यालिफोर्नियाको वित्तीय संरक्षण र नवीनता विभागले जानकारी गराएको छ।
मेरिल लिन्च एण्ड कम्पनीले २००७ मा फर्स्ट रिपब्लिक प्राप्त गर्न १.८ अर्ब डलर तिरेर बैंकलाई किनेर पछि बेचेको थियो। सन् २००९ मा मेरिल लिन्च किन्दा स्वामित्व बैंक अफ अमेरिकामा हस्तान्तरण भयो र मध्यमा फेरि परिवर्तन भएको थियो।
सन् २०१० मा जब जनरल एट्लान्टिक र कोलोनी क्यापिटललगायत लगानी फर्महरूले फर्स्ट रिपब्लिकलाई १.८६ अर्ब डलरमा खरिद गरेका थिए।
११ अमेरिकी बैंकहरूले मार्च १६ मा ३० अर्ब डलर ताजा निक्षेपको वाचा गरेर पहिलो फस्र्ट रिपब्लिकलाई निरन्तरता दिने प्रयास गरेका थिए। जेपी मोर्गान, बैंक अफ अमेरिका कर्पोरेशन, सिटी ग्रुप इंक र वेल्स फार्गो एन्ड कम्पनीले प्रत्येक ५ अर्ब डलरमा गरेका थिए।
जुन सन् २००८ को वित्तीय संकटको समयमा ल्याहेम्यान ब्रदर्स बैंक र वासिङटन म्युचअल फन्ड पतन भएको थियो।


































