National life

आजफेरि २० अर्ब खिच्दै केन्द्रीय बैंक, ३ बजेसम्म आवेदन दिन सकिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ माघ २०८०, बिहिबार
731Shares
आजफेरि २० अर्ब खिच्दै केन्द्रीय बैंक, ३ बजेसम्म आवेदन दिन सकिने
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता भएसँगै धमाधम निक्षेप तानेको छ।

माघ १६ गते २० अर्ब र १७ गते ३० अर्ब गरी २ दिनमा बजारबाट ५० अर्ब तानेको केन्द्रीय बैंकले विहिबारका दिन फेरि २० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् २० अर्ब रुपैयाँ तान्ने लागेको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

केन्द्रिय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा र ब्याज भुक्तानी मिति फागुन ३ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
731SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?