National life

चालु आर्थिक वर्षको पहिलो २ महिनामै सेयर धितो कर्जा बढेर १ खर्ब नजिक पुग्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० असोज २०८१, बुधबार
789Shares
चालु आर्थिक वर्षको पहिलो २ महिनामै सेयर धितो कर्जा बढेर १ खर्ब नजिक पुग्यो
ncell

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो २ महिनामै सेयर धितो कर्जा बढेर करिब १ खर्व नजिक पुगेको छ ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितोमा झण्डै १ खर्ब कर्जा प्रवाह गरेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत संस्थाहरुको सेयर किन्ने प्रयोजनका लागि लगानीकर्ताले आफूसँग भएको सेयरलाई बैंक तथा वित्तीय संस्थामा धितो राखी लिने कर्जालाई मार्जिन प्रकृतिको कर्जा भनिन्छ ।

केन्द्रीय बैंकका अनुसार भदौसम्म बैंक तथा वित्तीय संस्थाहरुले कुल ९९ अर्ब ७६ करोड ५६ लाख रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै साउन र भदौ महिनामा मात्रै बैंक तथा वित्तीय संस्थाहरुले ९ अर्ब ६७ करोड २४ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको देखिन्छ । यो गत असार मसान्तको तुलनामा भदौ मसान्तसम्म सेयर धितो कर्जा प्रवाह १०.७ प्रतिशतले बढी हो ।

गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ मात्रै कर्जा प्रवाह गरेका थिए ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा लिएको लचिलो नीतिका कारण सेयर कर्जा बढ्दै गएको देखिन्छ । राष्ट्र बैंकले चालु मौद्रिक नीति मार्फत संस्थागत लगानीकर्ताको मार्जिन प्रकृतिको सेयर धितो कर्जाको २० करोडको सीमा खारेज गरेको थियो । साथै राष्ट्र बैंकले सेयर धितोको जोखिम भार घटाएपछि यस्तो प्रकृतिको कर्जा लिन लगानीकर्तालाई प्रोत्साहन मिलेको हो ।

मार्जिन प्रकृतिको कर्जामा ठूलो ऋण लिने सबैभन्दा बढी बढेका छन्। केन्द्रीय बैंकको विवरण अनुसार १ करोड भन्दा बढी ऋण लिनेको सङ्ख्या पनि १७.९ प्रतिशतले बढेका छन् ।

बैंकहरुसँग प्रशस्त लगानी योग्य रकम रहेको र ब्याजदर समेत निरन्तर घट्दै गइरहेकोले लगानीकर्तालाई सेयर बजारमा पस्न थप उत्साहित गरिरहेको छ । यसले पनि मार्जिन प्रकृतिको कर्जाको आकार बढ्न थालेको अन’मान लगाउन सकिन्छ ।

 

यो समाचार शेयर गर्नुहोस्
789SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?