National life

जी२० घोषणापत्रमा आम सहमति,विश्व बैंकको वित्तपोषण क्षमता बढाउने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२३ भदौ २०८०, शनिबार
585Shares
जी२० घोषणापत्रमा आम सहमति,विश्व बैंकको वित्तपोषण क्षमता बढाउने
ncell

जी२० मुलुकका नेताहरु घोषणा पत्र जारी गर्न सहमत भएका छन्। आयोजक राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसको जानकारी दिएका हुन्।

‘हाम्रो टोलीको कडा मेहनत र सबैको सहयोगले दिल्ली जी२० घोषणापत्रमा आम सहमति कायम भएको छ,’ मोदीले भने, ‘म यस घोषणा पत्र अनुमोदन गर्ने घोषणा गर्दछु।’

नयाँदिल्ली घोषणापत्र मजबुत, दिगो, सन्तुलित र समावेशी विकास, हरित विकास सम्झौता, २१औँ शताब्दीका लागि बहुपक्षीय संस्थाजस्ता विषयमा केन्द्रित रहेको बताइएको छ।

भारतीय अर्थमन्त्री निर्मला सीतारमणका अनुसार विश्व बैंकको वित्तपोषण क्षमता बढाउने सहमति भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जी२० का नेताहरुका लागि युक्रेन युद्ध टाउको दुखाइको विषय बन्दै आएको छ। किनभने यसप्रति भारत र पश्चिमा मुलुकहरुको धारणाबीच धेरै फरक छ।

त्यसैले यसबारे यसअघि बालीमा प्रयोग गरिएको भाषा नै दोहो¥याृने सहभति भएको छ।

आइतबार जी २० सम्मेलनको अन्तिम दिन हुनेछ। जसमा एक भविष्य विषयमा तेस्रो सत्र आयोजना गरिनेछ। एजेन्सी

 

यो समाचार शेयर गर्नुहोस्
585SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?