National life
cg eloctronics

नेपाल टेलिभिजन र राष्ट्रिय वाणिज्य बैंक बीच टिभीसी’ प्रसारण गर्ने सम्झौता

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२१ जेठ २०८०, आइतबार
771Shares
नेपाल टेलिभिजन र राष्ट्रिय वाणिज्य बैंक बीच टिभीसी’ प्रसारण गर्ने सम्झौता
muktinatha bikash bank

काठमाडौं । नेपाल टेलिभिजन र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बीच २०८० सालको लागि व्यवसाय प्रवद्र्धनका लागि ‘टिभीसी’ प्रसारण गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

आज सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजङ्ग शाहले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पछि राष्ट्रिय वाणिज्य बैंकले उपलब्ध गराएको ‘टिभीसी’ नेपाल टेलिभिजनबाट दैनिक १६ पटक समाचार अगाडि तथा बीचमा प्रसारण गर्नेछ । बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पश्चात दुबै संस्थाको व्यवसाय बृद्धि तथा सरकारको नीति तथा कार्यक्रमको कार्यन्वयनमा थप सघाउ पूग्ने विश्वास व्यक्त गर्दै वित्तीय साक्षरता लगायतको कार्यक्रमलाई टेलिभिजन मार्फत नागरिकमा पर्याउन सहयोग पूग्ने बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजङ्ग शाहले दुबै सरकारी संस्थाको धेरै अवस्था मिल्ने बताउँदै राष्ट्र र जनताप्रतिको दायित्व पूरा गर्न सहयोग पुग्ने बताए । उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत विमल डंगोल, विभागीय प्रमुख अच्युत गौतम, कम्पनी सचिव हेमराज खरेल, नेपाल टेलिभिजनका व्यापार महाशाखा प्रमुख राजकुमार थापा लगायत दुबै संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
771SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?