National life

बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि १० अर्ब खिच्दै राष्ट्र बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ मंसिर २०८०, सोमबार
469Shares
बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि १० अर्ब खिच्दै राष्ट्र बैंक
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणाली अधिक तरलता थुप्रिएपछि भोलि बिहीबार १० अर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट उक्त रकम तान्न लागेको हो।

यो निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलका माध्यमबाट निर्धारण हुनेछ। यसका लागि राष्ट्र बैंकले भोलि दिउँसो २ बजे बोलकबोल गर्दैछ।

Royal Enfield
nic asia capital
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बालकबोल गर्न सक्नेछन्।

राष्ट्र बैंकले यो ७ दिने निक्षेप संकलन उपकरणको आउँदो मंसिर १९ गते साँवा तथा ब्याज भुक्तानी गर्नेछ। बैंकिङ प्रणालीमा अधिकक तरलता थुप्रिएपछि राष्ट्र बैंकले विभिन्न उपकरण प्रयोग गरी तरलता प्रशोचन गर्ने गर्छ।

यसअघि गत मंसिर ६ गते केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै १० अर्ब रुपैयाँ खिचेको थियो। यसको साँवा तथा ब्याज भुक्तानी मंसिर १३ गते हुनेछ।

यो समाचार शेयर गर्नुहोस्
469SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?