National life
cg eloctronics

राष्ट्र बैंकले आजपनि २० अर्बको ऋणपत्र जारी गर्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२९ पुस २०८२, मङ्गलबार
1.8kShares
राष्ट्र बैंकले आजपनि २० अर्बको ऋणपत्र जारी गर्दै
muktinatha bikash bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजपनि २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ। राष्ट्र बैंकले एक वर्षका लागि बजारबाट २० अर्ब रुपैयाँ झिक्न लागेको हो।

राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ‘नेपाल राष्ट्र बैंक २०८३ ज’ जारी गरी उक्त रकम झिक्न लागेको जनाएको छ। बैंकका अनुसार उक्त ऋणपत्र एक वर्षे अवधिको हुनेछ । बिहीबार दिउँसो २ बजेसम्म बोलकबोल गर्ने समय तोकिएको छ । ब्याज भुक्तानी अर्धवार्षिक हुनेछ भने साँवा भुक्तानी मिति २०८३ पुस २९ गतेलाई तोकिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

ऋणपत्रको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘क’,‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टर पार्टी) मात्र सहभागी हुन पाउने छन् । काउन्टर पार्टीले ऋणपत्रको बोलकबोलमा कबोल गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा ४ अंकसम्म) उल्लेख गर्नुपर्नेछ ।

बोल गर्न सकिने रकम न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म तोकिएको छ । यस बैंक र अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने र ऋणपत्रको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहु ब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ ।

everest bank

आह्वान गरिएको ऋणपत्रको रकम बाँडफाँट गर्दा बोलकबोलको ब्याजदरलाई सानोदेखि ठुलो क्रममा राखी आह्वान रकमसम्म वा समितिले निर्धारण गरेको बाँडफाँट रकमसम्मको बिन्दुमा कायम हुने ब्याजदरलाई एकल ब्याजदर कायम गरी सोही एकल ब्याजदरमा सो दर र सो दरभन्दा कम बोलवालालाई नेपाल राष्ट्र बैंक ऋणपत्र बिक्री गरिने छ ।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?