National life

राष्ट्र बैंकले ५ वर्ष अविधको नागरिक बचतपत्र २०८५ बिक्री गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२२ वैशाख २०८०, शुक्रबार
1.3kShares
राष्ट्र बैंकले ५ वर्ष अविधको नागरिक बचतपत्र २०८५ बिक्री गर्ने
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्र २०८५ बिक्री गर्ने भएको छ । बैशाख २४ गतेदेखि जेठ २४ गतेसम्म ५ वर्ष अविधको २ अर्ब ८२ करोड १४ लाख ७० हजार रुपैयाँको बचतपत्र बिक्री खुला गर्ने भएको हो ।

यस बचतपत्रको वार्षिक ब्याजदर १० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । ६/६ महिनामा ब्याजदर भुक्तानी गरिने बताएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकका अनुसार उक्त बचतपत्रमा घटीमा १० हजार रुपैयाँ र बढीमा कूल आह्वान रकमको सीमामा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्नको लागि आवेदन दिन सकिन्छ । सो बचतपत्रमा नेपाली नागरिकले मात्रै खरिद गर्न पाउनेछन् ।

राष्ट्र बैंकका अनुसार ऋणपत्र २०८० जेठ ३० गते निष्काशन गरी २०८५ जेठ ३० गते परिपक्व हुनेछ । नागरिक बचतपत्र मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?