National life

संग्रिला डेभलपमेन्ट बैंकले साइकल र्यालीको आयोजना गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१० जेठ २०८०, बुधबार
890Shares
संग्रिला डेभलपमेन्ट बैंकले साइकल र्यालीको आयोजना गर्ने
ncell

काठमाडौं । संग्रिला डेभलपमेन्ट बैंकले साइकल र्यालीको आयोजना गर्ने भएको छ । बैंकले विश्व वातावरण दिवसको अवसर पारेर जेठ २० गते शनिबार डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालसँगको सहकार्यमा साइकल र्यालीको आयोजना गर्ने भएको हो ।

बैंकका अनुसार साइकल र्याली जेठ २० गते शनिबार बिहान ७ बजे बैंककै बालुवाटार स्थित केन्द्रीय कार्यालयको प्राङ्गणबाट शुरु गरी १० किमीको यात्रा पश्चात सानो गौचरणमा सम्पन्न गरिनेछ ।

र्यालीबाट बैंकले साइकल जस्तो वैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदुषण नियन्त्रणमा टेवा पुग्ने विश्वास राखेको जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस र्यालीमा सहभागी स्वयंले साइकल एवं अन्य आवश्यक उपकरणको व्यवस्था गर्नुपर्नेछ भने सहभागीलाई वातावरण दिवसको चिनो स्वरुप विरुवा प्रदान गर्ने बैंकले जनाएको छ ।

बैंकको अनुसार र्यालीमा नाम दर्ता गर्ने पहिलो ३०० जनालाई टिसर्टको व्यवस्था गरिएको छ भने ‘लक्की ड्र’ बाट एकजना भाग्यमानी सहभागीलाई साइकल समेत वितरण गरिनेछ ।

यो समाचार शेयर गर्नुहोस्
890SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?