National life

सरकारको विपद् व्यवस्थापन कोषमा छ अर्ब मौज्दात

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०१ असार २०८०, शुक्रबार
737Shares
सरकारको विपद् व्यवस्थापन कोषमा छ अर्ब मौज्दात
ncell

नेपाल सरकारको विपद् व्यवस्थापन कोषमा रु छ अर्ब रहेको छ । उक्त कोषको रकम विपद्जन्य घटनाको उद्धार, अस्थायी बसोबास, खाद्यान्न, आर्थिक सहायतलगायतमा खर्च हुन्छ ।

तोकिएका बाहेकको क्षेत्रमा यसको रकम खर्च गर्न नपाइने कानुनी व्यवस्था छ । कोषमा रहेको रु छ अर्ब तीन करोड १२ लाख ९५ हजारमध्ये सबैभन्दा बढी प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा रु तीन अर्ब १० करोड ६७ लाख १७ हजार मौज्दात रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।

यस्तै विपद् व्यवस्थापन कोषमा रु एक अर्ब ८१ करोड ८९ लाख ९० हजार छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रदेश विपद् व्यवस्थापन कोषमा रु ५१ करोड ३३ लाख तथा जिल्ला विपद् व्यवस्थापन कोषमा रु ५९ करोड २२ लाख ८८ हजार रकम रहेको जनाइएको छ । यसपालिको मनसुनमा रु १२ लाख ५० हजार नागरिक प्रभावित हुने अनुमान गरिएकाले सोहीअनुसार विपद् प्रतिकार्य योजना बनाइ लागू गरिएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
737SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?