National life

साहरा सहकारी ठगी प्रकरण: रविको बयान सुरु, न्यायाधीश ढकालको इजलासमा मुद्दा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ माघ २०८१, बुधबार
630Shares
साहरा सहकारी ठगी प्रकरण: रविको बयान सुरु, न्यायाधीश ढकालको इजलासमा मुद्दा
ncell

काठमाडौं। चितवनको साहरा सहकारी ठगी आरोपको अभियोग खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा जिल्ला अदालत, चितवनका न्यायाधीश दयाराम ढकालको इजलासमा परेको छ।

मंगलबार जिल्ला अदालतमा रविसहित १५ जनाविरुद्ध सहकारी ठगीको अभियोगमा मुद्दा दर्ता भएको थियो। यो मुद्दाको पेसी मंगलबार ढकालको इजलासमा तोकिएको हो।

मुद्दा दर्ताको पहिलो नम्बरमा नै रविको नाम रहेकाले अहिले अदालतमा उनको बयान सुरु भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
रविको बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ। सरकारी वकिल, जाहेरवालाको वकिल र रविको पक्षका वकिलबीच थुनछेक बहस सकिएपछि अदालतले साधारण तारिख र धरौटीमा छाड्ने या पुर्पक्षका लागि कारागार चलान गर्नेमध्ये कुनै एक निर्णय लिनेछन् ।

 

यो समाचार शेयर गर्नुहोस्
630SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?