National life

बैंकमा पैसा घट्न थाल्यो, कर्जा पनि सुस्तायो, बैंकिङ प्रणालीमा कस्तो असर पर्ला?

बैंकमा थुप्रिएको पैसा घट्दै, कर्जा प्रवाह पनि सुस्त

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|१२ असोज २०८३, सोमबार
367Shares
बैंकमा पैसा घट्न थाल्यो, कर्जा पनि सुस्तायो, बैंकिङ प्रणालीमा कस्तो असर पर्ला?
ncell

काठमाडौं । बैंकमा पैसा थुप्रिने क्रम एकाएक सुस्तिएको छ । निक्षेपसँगै कर्जा प्रवाहसमेत घटेपछि पछिल्लो समय बैंकिङ प्रणालीको गतिविधिमा संकुचन देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार एकै दिन बैंक तथा वित्तीय संस्थाको निक्षेप ४ अर्ब र कर्जा प्रवाह २ अर्ब रुपैयाँले घटेको छ ।

केन्द्रीय बैंकका अनुसार असोज ४ गतेसम्म बैंकिङ प्रणालीमा कुल निक्षेप ८३ खर्ब ८३ अर्ब रुपैयाँमा झरेको छ ।

Royal Enfield
nic asia capital
असोज ३ गतेसम्म यस्तो निक्षेप ८३ खर्ब ८७ अर्ब रुपैयाँ रहेको थियो । यसअनुसार एक दिनमै प्रणालीको कुल निक्षेप ४ अर्ब रुपैयाँले घटेको हो ।

वाणिज्य बैंकहरूको निक्षेपमा पनि कमी आएको छ । असोज ३ गते ७५ खर्ब ८१ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरूको कुल निक्षेप असोज ४ गते ७५ खर्ब ७६ अर्ब रुपैयाँमा सीमित भएको छ । अर्थात् एक दिनमा वाणिज्य बैंकहरूको निक्षेप ५ अर्ब रुपैयाँले घटेको छ ।

निक्षेपसँगै बैंक तथा वित्तीय संस्थाको कर्जा लगानीमा समेत सामान्य गिरावट देखिएको छ । असोज ३ गतेसम्म बैंक तथा वित्तीय संस्थाले कुल ६० खर्ब १९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । असोज ४ गते यो रकम ६० खर्ब १७ अर्ब रुपैयाँमा झरेको छ ।

यस अवधिमा कर्जा प्रवाह २ अर्ब रुपैयाँले घटेको हो ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी पनि एक दिनमा २ अर्ब रुपैयाँले खुम्चिएको छ । असोज ३ गतेसम्म ५३ खर्ब ५४ अर्ब रुपैयाँ रहेको कर्जा लगानी असोज ४ गते ५३ खर्ब ५२ अर्ब रुपैयाँमा झरेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो तथ्यांकअनुसार बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) ७१ दशमलव १९ प्रतिशत रहेको छ ।

यस्तै, अन्तरबैंक ब्याजदर २ दशमलव ७५ प्रतिशतमा कायम रहेको छ । बैंकिङ प्रणालीमा निक्षेप र कर्जा प्रवाहमा आएको पछिल्लो परिवर्तनले वित्तीय प्रणालीमा रहेको तरलता तथा कर्जा मागको अवस्थालाई समेत संकेत गर्छ ।

यो समाचार शेयर गर्नुहोस्
367SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?