National life

गरिमा विकास बैंकले डाक्यो साधारण सभा, लाभांश पाउन कहिलेसम्म सेयरधनी बन्ने ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ दिन अगाडि|३१ भदौ २०८३, बुधबार
1.2kShares
गरिमा विकास बैंकले डाक्यो साधारण सभा, लाभांश पाउन कहिलेसम्म सेयरधनी बन्ने ?
ncell

गरिमा विकास बैंक लिमिटेडले लाभांश पारितको मुख्य प्रस्तावसहित साधारण सभा डाकेको छ । भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले बैंकको २० औं साधारण सभा आगामी असोज २६ गते पोखरामा रहेको होटल पोखरा ग्राण्डमा बिहान साढे १० बजेदेखि आयोजना गर्ने निर्णय गरेको हो ।

उक्त सभामा गत आवका लागि प्रस्तावित १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश(करसहित) वितरणको प्रस्ताव पारित गरिनेछ ।

यस्तै, बैंकको कायम अधिकृत पूँजी वृद्धि गरी ६ अर्ब ६५ करोड कायम गर्ने र अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८२÷८३ को वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?