काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको कुल ६५ हजार ६२८ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको हो ।
उक्त सेयर खरिद गर्नका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।
यसअघि बैंकको विद्यमान स।स्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएकोमा कुनै आवेदन प्राप्त नभएकाले उक्त सेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।
सर्वसाधारणले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।


































