काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाहपछि आवश्यक अनुगमन र नियमित मूल्याङ्कन प्रभावकारी रूपमा नगरेको पाइएको छ। यस्तो कमजोरीले वित्तीय जोखिम बढाउने भन्दै नेपाल राष्ट्र बैंकले सुधार गर्न बैंकहरूलाई सचेत गराएको छ।
केन्द्रीय बैंकका अनुसार धेरै बैंकहरूले कर्जा वर्गीकरण र वार्षिक मूल्याङ्कन नियमित रूपमा नगर्ने, लिलामी प्रक्रियामा रहेका कर्जाहरूलाई सही रूपमा वर्गीकरण नगर्ने तथा सम्बन्धित पक्षसँग जोडिएका कर्जाको प्रभावकारी अनुगमन नगर्ने गरेको पाइएको छ।
त्यस्तै, कर्जा प्रवाहका क्रममा पनि गम्भीर कमजोरीहरू देखिएको प्रतिवेदनमा उल्लेख छ।
केन्द्रीय बैंकले यस्ता अभ्यासले वित्तीय प्रणालीमा जोखिम बढाउने भन्दै कर्जा व्यवस्थापनलाई थप कडाइका साथ लागू गर्न बैंक तथा वित्तीय संस्थालाई सचेत गराएको छ।































