काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि तेस्रो संशोधन कार्यान्वयनमा ल्याएको छ । राष्ट्र बैंकले व्यवस्थापन समितिको ५२७ औं बैठकबाट नेपाल राष्ट्र बैंक दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि (तेस्रो संशोधन, २०८०/ २०७६) स्वीकृत भई कार्यान्वयनमा ल्याएको हो ।
दैनिक तथा ओभरनाइट तरलता सुविधासम्बन्धी व्यवस्थाअन्तर्गत सुविधाको सीमा तथा भुक्तानीसम्बन्धी व्यवस्था परिमार्जन गरिएको छ ।
त्यस्तै अब ३ ओभरनाइटमा कार्यदिनको सट्टा २ ओभर नाइट कार्यदीन हिसाब राफसाफ गर्नुपर्ने छ ।
उक्त दिन रकम भुक्तानी गर्न असमर्थ भएमा यस्तो बक्यौता रकमलाई ९० प्रतिशत बराबर मानी सोको आधारमा १०० प्रतिशत बराबरको थप सुरक्षणपत्र मौद्रिक व्यवस्थापन विभागमा धरौटी राखी धितो व्यवस्थापन खातालाई बैंकले कायम गरिदिएको सीमामा ल्याउनु पर्नेछ ।
उक्त बक्यौता रकम भुक्तान नभएसम्म उक्त रकममा नीतिगत दरमा एक (१) प्रतिशत थप गरी अतिरिक्त ब्याज लगाइनेछ ।
































