National life

मोबाइल बैंकिङ र डिजिटल वालेटमा आफ्नै नामको सिमकार्ड प्रयोग गर्न राष्ट्र बैंककाे आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१९ असार २०८०, मङ्गलबार
584Shares
मोबाइल बैंकिङ र डिजिटल वालेटमा आफ्नै नामको सिमकार्ड प्रयोग गर्न राष्ट्र बैंककाे आग्रह
ncell

काठमाडौँ । मोबाइल बैंकिङ र डिजिटल वालेटमा आफ्नै नामको सिमकार्ड प्रयोग गर्न नेपाल राष्ट्र बैंकले आग्रह गरेकाे छ । राष्ट्र बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, वालेट प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिमकार्डमात्र प्रयोग गर्न भनेको हाे ।

राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै भनेकाे छ, ‘बैंक तथा वित्तीय संस्थामा खाता खोली मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ वा वालेट प्रयोग गर्दा त्यसमा तपाईको मोबाइल नम्बर र फोन नम्बर प्रयोग भएको हुन्छ र त्यसमा महत्वपूर्ण विवरण जोडिएका हुन्छन । यदि कुनै कारणवश तपाईले आफ्नो मोबाइल नम्बर परिवर्तन गर्नुभयो र तपाईको पुरानो नम्बर अन्य व्याक्तिको प्रयोगमा आयो भने तपाईको खातासम्बन्धी महत्वपूर्ण विवरण अनधिकृत पहुँच पुग्नसक्ने जोखिम हुन्छ ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जसकारण आफूले प्रयोग गरिरहेको मोबाइल हराएमा वा चोरी भएमा वा मोबाइल नम्बर परिवर्तन भएमा बैंक तथा वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायक संस्थालाई यथाशीघ्र जानकारी गराउनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
584SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?