National life

राष्ट्र बैंकले १८.७१ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै, आज बोलकबोल

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०८ असोज २०८०, सोमबार
648Shares
राष्ट्र बैंकले १८.७१ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै, आज बोलकबोल
ncell

काठमाडाैं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । राष्ट्र बैंकले रु. १८.७१ अर्बको ट्रेजरी बिल नवीकरण गर्ने भएकाे हाे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
ट्रेजरी बिलको आज बोलकबोल हुनेछ ।

राष्ट्र बैंकले असोज ९ गते जारी हुने २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिल नवीकरण गर्ने भएको हो ।

राष्ट्र बैंकले २८ दिनका लागि ८ अर्ब रुपैयाँ, ९१ दिनका लागि १० अर्ब ११ करोड २५ लाख रुपैयाँ र १८२ दिनका लागि ६० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्नेछ । यी ट्रेजरी बिल क्रमशः कात्तिक ७ गते, पुस १० गते र चैत १३ गते परिपक्व हुनेछन् ।

यी ट्रेजरी बिलको आज (सोमबार) दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

यो समाचार शेयर गर्नुहोस्
648SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?