National life
cg eloctronics

लगातार वर्षाको असर : बुटवल-नारायणगढ सडक फेरि पूर्ण रूपमा अवरुद्ध

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ असार २०८२, आइतबार
674Shares
लगातार वर्षाको असर : बुटवल-नारायणगढ सडक फेरि पूर्ण रूपमा अवरुद्ध
ncell

काठमाडौँ । बुटवल-नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को दुम्कीवास क्षेत्रको वैकल्पिक मार्गमा पर्ने खोलामा बाढी आएपछि सडक पुनः अवरुद्ध भएको छ। ​

विनयी त्रिवेणी गाउँपालिका(१ स्थित विनयी खोलामा मालवाहक सवारीसाधनका लागि सञ्चालन गरिएको डाइभर्सन र साना तथा यात्रुवाहक बसका लागि प्रयोग गरिएको वैकल्पिक भित्री सडकमा बाढी आएपछि अहिले यातायात पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले जानकारी दिएको छ।

वर्षाका कारण विनयी त्रिवेणी–३ स्थित खरङ्गे खोलामा पानीको बहाव बढेपछि उक्त वैकल्पिक मार्ग पनि पूर्ण रूपमा अवरुद्ध बनेको हो । अहिले यस सडक क्षेत्रको दाउन्ने दुम्कीवास खण्डमा कुनै पनि सवारीसाधन आवतजावत गर्न नसक्ने स्थिति सिर्जना भएको प्रहरीले जानकारी दिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

निरन्तरको वर्षासँगै पूर्व–पश्चिम राजमार्गअन्तर्गत विनयी खोलामा निर्माण गरिएको अस्थायी डाइभर्सन पानीको बहाव बढेपछि पटक पटक बगाउँदै आएको छ। मध्यदिनमा उक्त वैकल्पिक मार्गलाई सञ्चालनमा ल्याउने प्रयास भए पनि फेरि ठूलो वर्षा भएको कारण थप समस्या सृजना भएको प्रहरीको जानकारी छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
674SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?