काठमाडौं । एनआइसी एसिया बैंकले २९ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ।
बैंकले गत असोज १५ गतेसम्म सेयर डिम्याट गराएका शेयरधनीहरुको बोनस सेयर खातामा जम्मा गरिदिएको हो । असोज १५ पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको बैंकले बताएको छ ।
साथै अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्ने बैंकले जनाएको छ ।
त्यसपछि मात्रै बोनस जम्मा गरिने बैंकले बताएको छ ।
एनआइसीको असोज २८ गते सम्पन्न साधारण सभाले २९ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो ।
































