National life

अतिरिक्त तरलता नियन्त्रण गर्न १ वर्षे ऋणपत्र ल्याउँदै राष्ट्र बैंक

यस बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन सक्नेछन्

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|२२ असार २०८३, सोमबार
2.2kShares
अतिरिक्त तरलता नियन्त्रण गर्न १ वर्षे ऋणपत्र ल्याउँदै राष्ट्र बैंक
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक वित्तीय बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नयाँ ऋणपत्र जारी गर्ने तयारी गरेको छ। केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ घ’ नामक एक वर्ष अवधिको ऋणपत्र निष्काशन गर्न लागेको हो।

राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्र प्रतिस्पर्धात्मक बोलकबोल प्रणालीमार्फत जारी गरिनेछ, जहाँ प्रस्तावअनुसार ब्याजदर निर्धारण हुने व्यवस्था गरिएको छ। कुल २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरिने बताइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन सक्नेछन्। सहभागी संस्थाहरूले न्यूनतम ५ करोड रुपैयाँदेखि माथि इच्छाएको रकममा आवेदन दिन सक्नेछन्। बोलकबोल तोकिएको दिन दिउँसो ३ बजेसम्म अनलाइन प्रणालीमार्फत सञ्चालन गरिनेछ।

ऋणपत्रमा निर्धारण हुने ब्याजदर प्रतिस्पर्धात्मक आधारमा तय गरिनेछ भने ब्याज भुक्तानी प्रत्येक ६ महिनामा गरिनेछ। सावाँ रकम भने अवधि पूरा भएपछि एकमुष्ट फिर्ता गरिने प्रावधान रहेको छ।

प्राप्त प्रस्तावमध्ये कट–अफ ब्याजदर निर्धारण गरी सोही दरमा स्वीकृति दिइनेछ। माग बढी भएमा उपलब्ध रकमलाई समानुपातिक रूपमा बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ।

केन्द्रीय बैंकले यस्ता उपकरणमार्फत बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्दै वित्तीय स्थायित्व कायम राख्ने लक्ष्य राखेको छ।

यो समाचार शेयर गर्नुहोस्
2.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?