National life

चैत मसान्तसम्म सार्वजनिक ऋणको आकार २३ अर्ब बढी , २९ अर्ब भुक्तानी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ वैशाख २०८१, बिहिबार
567Shares
चैत मसान्तसम्म सार्वजनिक ऋणको आकार २३ अर्ब बढी , २९ अर्ब भुक्तानी
ncell

काठमाडौँ । गत फागुनको तुलनामा चैतमा सरकारको सार्वजनिक ऋण (सरकारी ऋण) करिब साढे २ अर्ब रुपैयाँले घटेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत फागुन मसान्तसम्म तिर्न बाँकी सरकारी ऋण २३ खर्ब ८८ अर्ब २६ करोड रहेकामा गत चैतसम्म आइपुग्दा घटेर २३ खर्ब ८५ अर्ब ७९ करोड रुपैयाँ कायम भएको हो ।

चैत मसान्तसम्मको सार्वजनिक तथ्याङ्क अनुसार देशको सार्वजनिक ऋणको आकार २३ अर्ब बढी पुगेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म सार्वजनिक ऋणको आकार २३ खर्ब ८५ अर्ब ७९ करोड रुपैयाँ पुगेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

फागुन  मसान्तसम्म तिर्न बाँकी सरकारी ऋणको तुलनामा यो रकम २ अर्बले कम भएको सार्वजनिक तथ्यांकमा उल्लेख छ। त्यस्तै फागुन मसान्तसम्म तिर्न बाँकी सरकारी ऋणको आकार २३ खर्ब ८८अर्ब २६ करोड रुपैयाँ थियो।

चैत मसान्तसम्म सरकारले आन्तरिक र बाह्य गरी कुल २ खर्ब ३८ अर्ब ९४ करोड रुपैयाँ ऋण सापटीसमेत लिएको छ ।  जसमध्ये १ खर्ब ७६ अर्ब रुपैयाँ आन्तरिक र करिब ६२ अर्ब ५४ करोड रुपैयाँ बाह्य ऋण रहेको छ ।

चैत महिना सरकारले  २२ अर्ब ६५ करोड साँवा र ६ अर्ब ३२ करोड रुपैयाँ ब्याज गरी करिब २९ अर्ब रुपैयाँ आन्तरिक ऋण भुक्तानी गरिसकेको छ । चैतसम्म तिर्न बाँकी सार्वजनिक ऋणमध्ये ११ खर्ब ७९ अर्ब ४८ करोड आन्तरिक र १२ खर्ब ६ अर्ब ३१ करोड रुपैयाँ बाह्य ऋण रहेको सार्वजनिक तथ्यांकमा उल्लेख भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
567SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?