National life

अतिरिक्त विदेशी मुद्रा विकासमा लगाउने सरकारको तयारी, सोभरेन वेल्थ फन्ड ल्याउने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१७ जेठ २०८३, आइतबार
4.9kShares
अतिरिक्त विदेशी मुद्रा विकासमा लगाउने सरकारको तयारी, सोभरेन वेल्थ फन्ड ल्याउने
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकमा विदेशी मुद्राको सञ्चिति आवश्यकताभन्दा धेरै रहेको र त्यसबाट अपेक्षित प्रतिफल प्राप्त नभइरहेको बताएका छन्। यस्तो अवस्थालाई ध्यानमा राख्दै सो रकमलाई उत्पादनशील क्षेत्रमा प्रयोग गर्न ‘सोभरेन वेल्थ फन्ड’ स्थापना गर्ने अवधारणा अघि सारिएको उनले स्पष्ट पारे।

अर्थ मन्त्रालयले आइतबार आयोजना गरेको बजेटपछिको पत्रकार सम्मेलनमा बोल्दै गभर्नर पौडेलले हालको विदेशी मुद्रा सञ्चिति १८ महिनाभन्दा बढीको आयात धान्न सक्ने अवस्थामा पुगेको जानकारी दिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनका अनुसार सामान्यतया ७ महिनाको आयात धान्न पुग्ने सञ्चिति पर्याप्त मानिन्छ।

तर अहिलेको सञ्चिति धेरै भए पनि त्यसबाट करिब ४ प्रतिशत मात्रै प्रतिफल प्राप्त भइरहेको उनले बताए। यस्तो न्यून प्रतिफलको अवस्थालाई सुधार गर्न केही हिस्सा दीर्घकालीन लगानीमार्फत आर्थिक विकासमा उपयोग गर्ने योजना बनाइएको उनको भनाइ छ।

गभर्नर पौडेलका अनुसार प्रस्तावित सोभरेन वेल्थ फन्डले देशको अतिरिक्त विदेशी मुद्रा व्यवस्थापन गर्दै पूर्वाधार, ऊर्जा, र अन्य उत्पादनशील क्षेत्रमा लगानी बढाउने लक्ष्य राखेको छ।
यो समाचार शेयर गर्नुहोस्
4.9kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?