National life

अधिक तरलता व्यवस्थापन गर्न एकै पटक ४० अर्ब रुपैयाँ खिच्दै राष्ट्रबैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० साउन २०८१, बुधबार
642Shares
अधिक तरलता व्यवस्थापन गर्न एकै पटक ४० अर्ब रुपैयाँ खिच्दै राष्ट्रबैंक
ncell

काठमाडौं । बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले साउन ३० गते एकैपटक ४० अर्ब रुपैयाँ खिच्ने भएको छ ।

अधिक तरलता व्यवस्थापन गर्न बैंकले बैंकिङ्ग प्रणालीबाट आज फेरि ४० अर्ब रुपैयाँ तान्न लागेको जनाएको छ । यसका लागि आज अपराह्न ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले उल्लेख गरेको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो २१ दिने निक्षेप संकलन उपकरणको भदौ १९ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। साउन लागेसँगै केन्द्रीय बैंकले यो सम्म पाँचौ पटक तरलता खिच्न लागेको हो । यसअघि साउन ९ गते ४० अर्ब र २ गते ५० अर्ब, १६ गते ४० अर्ब , २३ गते ४० अर्ब तरलता खिचेको थियो ।

राष्ट्र बैंकले बोलकबोलमा ल्याउन निक्षेप संकलन उपकरणमा लगानी गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म आवेदन पेश गर्न सक्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
642SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?