National life

आगामी आर्थिक वर्षका लागि बजेट लेखन प्रक्रिया सुरु, को को छन् समितिमा ?

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२० चैत २०८२, शुक्रबार
1.2kShares
आगामी आर्थिक वर्षका लागि बजेट लेखन प्रक्रिया सुरु, को को छन् समितिमा ?
ncell

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारी प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ । यसका लागि बजेट लेखन गर्न विशेष समिति गठन गरिएको छ । उक्त समितिलाई बजेट वक्तव्यको प्रारम्भिक मस्यौदा तयार पार्ने तथा बजेटका मूल सिद्धान्त र प्राथमिकता तय गर्ने जिम्मेवारी दिइएको छ ।

राजश्व व्यवस्थापन महाशाखाका प्रमुख उत्तर कुमार खत्रीको नेतृत्वमा बनेको समितिमा अर्थ मन्त्रालयअन्तर्गतका विभिन्न महाशाखा प्रमुखहरू सदस्यका रूपमा समावेश छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सदस्यहरूमा बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख डा. सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख डा. धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख महेश भट्टराई तथा वित्तीय संघीयता समन्वय महाशाखाका प्रमुख सेवन्तक पोखरेल रहेका छन् ।

समितिले आगामी वर्षको नीति तथा कार्यक्रम निर्माणका लागि आवश्यक सुझाव दिने, साथै कार्यान्वयनमा जाने आयोजना र कार्यक्रमहरूको प्राथमिकता निर्धारणमा सहयोग गर्नेछ ।

त्यसैगरी, संघीय संसद्का दुवै सदनमा प्रस्तुत गरिने विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार पार्ने काम पनि यही समितिले गर्नेछ। अर्थमन्त्रीले संसद्मा पेश गर्ने बजेट वक्तव्यको अन्तिम रूप दिने जिम्मेवारी समेत समितिलाई दिइएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?