National life

उपभोक्ता मुद्रास्फीति ४.१६ % मा सीमित, खाद्य गैर खाद्य तर्फ कति बढ्यो मूल्य ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ फागुन २०८१, सोमबार
546Shares
उपभोक्ता मुद्रास्फीति ४.१६ % मा सीमित, खाद्य गैर खाद्य तर्फ कति बढ्यो मूल्य ? 
ncell

काठमाडौँ। पछिल्लो सात महिनाको अवधिमा मूल्य वृद्धिको दर घट्दै गएको तथ्यांकमा उल्लेख छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको पछिल्लो आर्थिक तथ्यांक अनुसार माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१६ प्रतिशतमा सीमित भएको  छ ।

यो अघिल्लो वर्षको सोही अवधिमा ५.०१ प्रतिशत थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत रहेको छ भने गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७४ प्रतिशतमा सीमित भएको छ।

अघिल्लो वर्षको सोही अवधिमा यी दरहरू क्रमशः ६.५९ प्रतिशत र ३.९८ प्रतिशत कायम थियो । खाद्य वस्तुमध्ये घ्यू तथा तेल उपसमूहको मूल्य सबैभन्दा बढी १२.८० प्रतिशतले बढेको छ।

त्यस्तै, दाल तथा गेडागुडी ९.०६ प्रतिशत, तरकारी ७.५६ प्रतिशत र खाद्यजन्य वस्तुहरू ६.३६ प्रतिशतले महँगिएका छन्।

गैर(खाद्य तथा सेवा समूहतर्फ विविध वस्तु तथा सेवाको मूल्य १०.९१ प्रतिशत, कपडाजन्य तथा जुत्ता चप्पलको ५.३६ प्रतिशत, मदिराजन्य पेय पदार्थको ५.०८ प्रतिशत, यातायातको ५.०१ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.१० प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ४.०७ प्रतिशतले बढेको छ।

तर, मरमसला उपसमूहको मूल्य सूचकाङ्क २.९८ प्रतिशतले घटेको छ। भेगगत रूपमा काठमाडौँ उपत्यकामा ३.५३ प्रतिशत, तराईमा ४.२५ प्रतिशत, पहाडी क्षेत्रमा ४.११ प्रतिशत तथा हिमाली क्षेत्रमा ५.२१ प्रतिशत मुद्रास्फीति देखिएको छ।

प्रदेशगत रूपमा कोशी प्रदेशमा मुद्रास्फीति सबैभन्दा उच्च ६.१५ प्रतिशत रहेको छ भने बागमती प्रदेशमा सबैभन्दा कम ३.३५ प्रतिशत छ। क्रमशः मधेशमा ३.९१ प्रतिशत, गण्डकीमा ३.४० प्रतिशत, लुम्बिनीमा ४.१६ प्रतिशत, कर्णालीमा ४.०५ प्रतिशत र सुदूरपश्चिममा ४.७१ प्रतिशत मुद्रास्फीति रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
546SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?