काठमाडौँ। दोस्रो पटक नेपाल राष्ट्र बैंकले संयोजक पदका लागि कर्मचारी माग गरेको छ ।
उक्त पदमा दरखास्त दिनेले व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्तानकोत्तर गरी बैंकिङ क्षेत्रमा कम्तीमा एक दशकको अनुभव भएको हुनुपर्ने छ ।
केन्द्रिय बैंकले समस्याग्रस्त नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स व्यवस्थापन तथा सञ्चालनका लागि संयोजक लागि जारी गरेको सूचनामा आवेदन नपरेपछि दोस्रो पटक सूचना निकालेको हो ।
सेवाअवधि एक वर्षको हुने जनाएको छ ।
कार्य प्रगतिका आधारमा ६.४ महिनाका लागि दुईपटकसम्म नवीकरण गर्न सकिनेछ । जसमा चैत ४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त पदका लागि तलब मासिक एक लाख २६ हजार ३ सय (करसहित) हुने बैंकले प्रकाशन गरेको सूचनामा उल्लेख छ।

































