काठमाडौं । सर्वोच्च अदालतले मीनबहादुर गुरुङबाट जग्गादान लिने नेकपा एमालेको निर्णयलाई कानुनसम्मत ठहर्याएको छ ।
भाटभटेनीका सञ्चालक मिनवहादुरले गरेको जग्गादानको घोषणाविरुद्ध दायर भएको रिट निवेदन सर्वोच्च अदालतको संयुक्त इजलासले खारेज गरेको हो । न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको इजलासले रिट निवेदन खारेज गरेको विवरण सर्वोच्च अदालतले वेबसाइटमा राखेको छ । आदेशको विवरण भने सार्वजनिक भइसकेको छैन ।
भाटभटेनीका सञ्चालक गुरुङले एमाले केन्द्रीय कार्यालयका लागि जग्गा दान दिने घोषणा गर्दै अर्को वर्षभित्र भवनसमेत बनाइदिने घोषणा गरेका थिए ।
उक्त भवनको एमाले अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गरिसकेका छन् ।































