National life

कसले र कसरी निर्धारण गरिन्छ विदेशी मुद्राको दर ? आजको सतही दर सहित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ कात्तिक २०८१, आइतबार
662Shares
कसले र कसरी निर्धारण गरिन्छ विदेशी मुद्राको दर ? आजको सतही दर सहित
ncell

काठमाडौं । आज कार्तिक महिनाको ४ गते आइतबारका लागि नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८१ पैसा कायम भएको छ ।

त्यस्तै, युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ १९ पैसा कायम भएको छ । साथै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ०७ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ८५ पैसा कायम गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield




































































































































CurrencyUnitBuySell



usd (U.S. Dollar)

1134.21134.81



eur (European Euro)

1145.54146.19



gbp (UK Pound Sterling)

1175.07175.85



chf (Swiss Franc)

1154.97155.66



aud (Australian Dollar)

190.0590.46



cad (Canadian Dollar)

197.3197.75



sgd (Singapore Dollar)

1102.27102.73



jpy (Japanese Yen)

108.958.99



cny (Chinese Yuan)

118.8918.98



sar (Saudi Arabian Riyal)

135.7335.89



qar (Qatari Riyal)

136.8136.97



thb (Thai Baht)

14.054.06



aed (UAE Dirham)

136.5436.70



myr (Malaysian Ringgit)

131.1831.32



krw (South Korean Won)

1009.789.83



sek (Swedish Kroner)

112.7512.81



dkk (Danish Kroner)

119.5219.60



hkd (Hong Kong Dollar)

117.2717.35



kwd (Kuwaity Dinar)

1437.94439.89



bhd (Bahrain Dinar)

1355.98357.57

राष्ट्र बैंकका अनुसार विदेशी मुद्राको सटही दर नेपाल राष्ट्र बैंकले आफ्नो प्रयोजनको लागि निर्धारण गर्दछ । बैंक तथा वित्तीय संस्थाहरूले त्यसमा केही वैधानिक ‘मार्जिन’ राखेर आफ्नो विदेशी मुद्राहरूको सटही दर निर्धारण गर्ने गर्दछन् ।

भारतीय र नेपाली मुद्राको सटही दर स्थिर छ । त्यसैले भारतीय मुद्राबाहेक अन्यको हकमा चाहिँ मूल्य तलमाथि भइरहन्छ । नेपाल राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापक विभागका अनुसार केन्द्रीय बैंकले विदेशी मुद्राहरूको विनिमय दरको मूल्य भारतीय मुद्रा र अमेरिकी डलरलाई तुलना गरेर निर्धारण गर्ने गर्दछ ।

उनका अनुसार जुनसुकै बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकबाट विदेशी मुद्रा सटहीका लागि लाइसेन्स लिएर काम गर्न पाउनेछन् । राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रका लागि मुद्रा सटही गर्न पाउने एउटा नीति तय गरेको छ । प्रायः नेपालमा अमेरिकी डलर, यूरो, पाउण्ड, रियाल र दिनारहरुको सटही बढी हुने गर्छ । बैंकले सार्वजनिक गरेको विनिमय दर एक निश्चित मितिका लागि मात्र रहन्छ । विदेशी मुद्राका विनिमय दरहरू एक दिन, एक हप्ता वा एक महिनामा परिवर्तन हुने गर्दछन् ।

सन् १९३० भन्दा पहिले, सुनलाई विनिमयको मानक मानिन्थ्यो । विनिमय दरको निर्धारण सुनबाटै सुरु भएको बताइएको छ। पहिलो अवस्थामा, मुद्रा विनिमय दर बजारको आधारमा बनाइन्छ । जुन मुद्राको आपूर्ति र मागमा निर्भर रहन्छ । दोस्रो अवस्थामा, राज्यद्वारा निर्धारण गरिएको हुन्छ । विदेशी मुद्राको विनिमय दर घटबढ भएर सार्वजनिक हुनुमा केही कारणहरू छन् ।

ब्याजदर: बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर घटबढ भइरहने हुँदा त्यसले पनि विनिमय दरमा पनि प्रभाव पार्छ ।

बजेट घाटा: बजेट घाटाले विनिमय दरमा मुख्य प्रभाव पारेको हुन्छ । सरकारले आफूसँग भएकोभन्दा बढी पैसा खर्च गर्ने परिपाटीले बजेट घाटामा जान्छ । जसको कारण विनिमय दर हेरफेर हुन्छ ।

राजनीतिक स्थिरता: राजनीतिक अस्थिरताको समयमा सरकारहरू हेरफेर हुने सम्भावना रहन्छ । साथै, एउटा सरकारले ल्याएका नीतिहरू अर्को सरकारले परिवर्तन गर्ने सम्भावना पनि बढ्छ । त्यसै क्रममा एउटा सरकार रहँदा ल्याएको विनिमय दर सम्बन्धी नीति अर्को सरकारले परिवर्तन गरिदिने सम्भावना रहन्छ ।

यो समाचार शेयर गर्नुहोस्
662SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?