National life

काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ७० करोड बढीको बजेट, कुन शीर्षकमा कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० असार २०८१, सोमबार
800Shares
काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ७० करोड बढीको बजेट, कुन शीर्षकमा कति ?
ncell

काठमाडौँ । आगामी आर्थिक वर्षका लागि काठमाडौँ महानगरपालिकाले २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

अघिल्लो चालु आर्थिक वर्ष २०८०/०८१ का लागि महानगरले २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो । आज (सोमबार) आयोजित १५ औँ नगर सभाको बैठकमा उपप्रमुख सुनिता डंगोलले बजेट घोषणा गरेकी हुन् । उपप्रमुख डंगोलले ३० वटा स्वर्णिम योजनाका लागि २ अर्ब बजेट विनियोजन गरेको बताइन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

महानगरले आगामी आर्थिक वर्षका लागि ११ वटा गौरवका योजना पनि अगाडि सारेको छ । त्यसका लागि ३ अर्ब बजेट विनियोजन गरिएको उपप्रमुख डंगोलले बजेट पेश गर्दै बताइन् ।

आर्थिक विकास क्षेत्रका कार्यक्रमका लागि १९ करोड ९ लाख रुपैयाँ, कार्यालय सञ्चालन र प्रशासनिक क्षेत्रका लागि ३ अर्ब ४९ करोड ४५ लाख २९ हजार, पूर्वाधार विकासका लागि १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार रुपैयाँ विनियोजन गरेको डंगोलले सुनाइन् ।

यो समाचार शेयर गर्नुहोस्
800SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?