National life

कात्तिकमा मात्रै क्यापिटल गेन ट्याक्स स्वरूप लगानीकर्ताले तिरे ७५ करोड बढी रकम

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० मंसिर २०८१, सोमबार
771Shares
कात्तिकमा मात्रै क्यापिटल गेन ट्याक्स स्वरूप लगानीकर्ताले तिरे ७५ करोड बढी रकम
ncell

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो ४ महिनाको अवधिमा लगानीकर्ताहरूले सरकारलाई महिना ८ अर्ब १६ करोड २६ लाख रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् । साउनदेखि कात्तिकसम्मको अवधिमा शेयर लगानीकर्ताले उक्त रकम बुझाएका हुन् ।

यो रकम गत वर्षको सोही अवधिको तुलनामा ११ सय ६१ प्रतिशतले बढी हो। गत वर्षको पहिलो ४ महिनामा लगानीकर्ताले ६४ करोड ७० लाख रुपैयाँ पुँजीगत लाभकर तिरेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

चालु आर्थिक वर्षको पहिलो महिनामा लगानीकर्ताहरूले ४ अर्ब २३ करोड ७८ लाख रुपैयाँ भन्दा धेरैको राजश्व बुझाएक छन् । त्यसैगरी, भदौमा २ अर्ब ५७ करोड ९४ लाख, असोजमा ५८ करोड ६५ लाख, र कात्तिकमा ७५ करोड ८७ लाख रुपैयाँ क्यापिटल गेन ट्याक्स बुझाएका छन् । चालु आवको पहिलो महिना  साउनमा नेप्से सूचकमा वृद्धि भएसँगै कारोबार समेत बढेकोले राजस्वमा समेत वृद्धि देखिएको छ ।

लगानीकर्ताले चालु आवको ४ महिनासम्म बुझाएको लाभकर आर्थिक वर्ष २०८०/८१ मा तिरेको रकम भन्दा धेरै हो। गत वर्ष सेयर लगानीकर्ताले ५ अर्ब ५० करोड रुपैयाँ भन्दा धेरैको कर बुझाएका थिए । सेयर बजारमा वृद्धि आएको समय लाभ कर पनि बढ्ने गरेको देखिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
771SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?