National life

किन रोक्यो उच्च अदालतले पर्यटन बोर्डको सीइओ नियुक्ति प्रक्रिया ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ वैशाख २०८१, बुधबार
753Shares
किन रोक्यो उच्च अदालतले पर्यटन बोर्डको सीइओ नियुक्ति प्रक्रिया ?
ncell

काठमाडौँ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट प्रक्रिया तत्कालको लागी रोकिएको छ ।

पर्यटन बोर्डको सीईओ छनोट समिति गठन प्रक्रिया नै गैर कानुनी रहेको ठहर गर्दै बोर्डका कर्मचारी कुन्दन शर्मा मिश्रले प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेको थियो ।

आज बुधवारका दिन उच्च अदालत पाटनले सीइओ छनोट प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश दिएपछि नियुक्ति प्रक्रिया अवरुद्ध बनेको हो । सीइओ छनोट गर्न गठित उपसमितिका सदस्य मिलन देवकोटा र मदनकुमार आचार्यको मनोनयन नै गैर कानुनी भएको र उपसमिति नै अवैधानिक रहेको जनाउँदै बोर्डकै कर्मचारी कुन्दन शर्मा मिश्रले रिट दायर गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै पाटन अदालतले विपक्षीहरूलाई १५ दिनभित्र जवाफ पेश गर्न भनिएको छ । यसपछि अदालतले अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने निर्णय हुने उल्लेख छ । आचार्य र देवकोटालाई तत्कालीन पर्यटन मन्त्री प्रेम आलेले मन्त्री स्तरीय निर्णयबाट मनोनीत गरेका थिए। बोर्डको ऐनमा भने बोर्ड सदस्य नेपाल सरकारले नियुक्त गर्ने उल्लेख छ । नेपाल सरकार भनेपछि मन्त्रिपरिषद्बाट निर्णय हुनुपर्नेमा मन्त्री स्तरीय निर्णयबाट मनोनीत भएपछि विवाद बढेको हो ।

पर्यटन बोर्डमा १६ माघदेखि रिक्त रहेको सीईओ छनोट गर्न बनेको पर्यटन बोर्ड सीईओ छनोट उपसमितिले २४ चैत्रमा सार्वजनिक प्रस्ताव माग गरेको थियो । उक्त प्रस्ताव अनुसार २० जनाले आवेदन दिएका थिए ।

 

यो समाचार शेयर गर्नुहोस्
753SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?