National life

कृषि बीमालेख बिक्री नरोक्न बीमा कम्पनीहरूलाई प्राधिकरणको निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ वैशाख २०८१, बिहिबार
561Shares
कृषि बीमालेख बिक्री नरोक्न बीमा कम्पनीहरूलाई प्राधिकरणको निर्देशन
ncell

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले कृषि बीमालेख बिक्री नरोक्न बीमा कम्पनीहरूलाई निर्देशन जारी गरेको छ ।

कृषि बीमामा अनुदानबापतको रकम सरकारबाट नआएको भन्दै बीमा कम्पनीहरूले बीमालेख बिक्री नगर्ने जनाएपछि प्राधिकरणले निर्देशन जारी गरेको हो ।

‘कृषि तथा पशुपन्छी बीमा व्यवसायलाई भरपर्दो र विश्वसनीय बनाउने तथा नेपाल सरकारबाट प्राप्त हुन बाँकी अनुदान रकम यथाशीघ्र उपलब्ध गराउने विषयमा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग बारम्बार समन्वय तथा पहल भइरहेको र निकट भविष्यमा रकम प्राप्त हुने नै हुँदा तत्काल उक्त विज्ञप्ति फिर्ता लिई कृषि तथा पशुपन्छी बिमा व्यवसाय तथा दाबी भुक्तानी सुचारु गर्न निर्देशानुसार आग्रह गरिएको छ ।’ प्राधिकरणद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्राधिकरणले नेपाल बिमक संघबाट ०८१ बैशाख १२ गते जारी कृषि बिमासम्बन्धी विज्ञप्तिबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आगामी दिनमा यस प्रकारका बीमा बजारमा भ्रम सिर्जना हुने तथा बीमाको विश्वसनीयतामा नै असर पर्ने खालका विज्ञप्ति एंव सूचना सम्प्रेषण नगर्न समेत प्राधिकरणले निर्देशन दिएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
561SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?