National life

केन्द्रिय बैंकद्धारा विद्युतीय भुक्तानी सीमा निर्धारण: दैनिक ३ लाख कारोबार गर्न सकिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ फागुन २०८०, मङ्गलबार
645Shares
केन्द्रिय बैंकद्धारा विद्युतीय भुक्तानी सीमा निर्धारण: दैनिक ३ लाख कारोबार गर्न सकिने
ncell

काठमाडौँ । समय अनुसार नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीलाई प्रवर्द्धन गर्दै आइरहेको छ। बढ्दो डिजिटल कारोबारलाई ध्यानाकर्षण गर्दै बैंकले हाल इन्टरनेट बैंकिङको कारोबार सीमा बढाएर प्रतिदिन २० लाख रुपैयाँ निर्धारण गरिएको गरेको छ।

केन्द्रीय बैंकले मोबाइल एप्लिकेशन (क्यूआर कोड) मार्फत प्रतिदिन ३ लाख रुपैयाँसम्मको कारोबार गर्न सकिने गरी कारोबार सीमा वृद्धि गरेको छ। आफ्नो मोबाइल एप मार्फत (क्यूआर कोडसमेत) एक दिनमा ३ लाख रुपैयाँसम्मको भुक्तानी नगद नबोकी डिजिटल माध्यमबाट कारोबार गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राष्ट्र बैंकका अनुसार २०८० पुस मसान्तसम्म मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको सङ्ख्या २ करोड ३२ लाख १६ हजार ३८३ जना रहेका छन् । २०७९ पुसमा २ करोड ५३ हजार ४२० रहेको थियो । पछिल्लो एक वर्षमा मात्रै मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको सङ्ख्या ३१ लाख ६२ हजार ९६३ ले बढेको हो ।

२०८० पुस मसान्तसम्म इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ताको सङ्ख्या १८ लाख २५ हजार ९२ पुगेको छ । २०७९ पुसमा १७ लाख ६८ हजार ९३२ रहेको थियो । पछिल्लो एक वर्षमा मात्रै इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ताको सङ्ख्या ५६ हजार १६० ले बढेको हो ।

पछिल्लो एक वर्षको अवधिमा मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङको कारोबारमा समेत उच्च वृद्धि देखिएको छ। २०८० पुस मसान्तमा मोबाइल बैंकिङ्ग कारोबार सङ्ख्या १ करोड १५ लाख ७८ हजार ९१६ वटा अर्थात ५३.४९ प्रतिशतले वृद्धि भएको छ । यस्तै मोबाइल बैंकिङ्ग मार्फत हुने कारोबार रकम पनि ४८ अर्ब ७९ करोड ५० लाख रुपैयाँ अर्थात २०.९० प्रतिशतको वृद्धि भएको छ ।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार विसं २०८० पुस मसान्तसम्ममा ३ करोड ३२ लाख २४ हजार ७८ ओटा मोबाइल बैंकिङ्ग कारोबार मार्फत २ खर्ब ८२ अर्ब २४ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसैगरी विसं २०८० पुस मसान्तसम्ममा इन्टरनेट बैंकिङ्ग मार्फत २ लाख ७३ हजार २८६ ओटा कारोबार मार्फत १४ अर्ब ८० करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

केन्द्रीय बैंकका अनुसार कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकमान्तर गर्न, नेपाल सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर, रजिष्ट्रेशन र सेवा शुल्क जस्ता विविध शुल्कहरू भुक्तानीमा भने छुट्टै सीमा लागू हुने बताएको छ ।

यो समाचार शेयर गर्नुहोस्
645SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?