National life

गत असार मसान्तको तुलनामा १८ प्रतिशतले बढेको विदेशी मुद्रा सञ्चिति कति पुग्यो ? पूर्णपाठसहित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ माघ २०८०, मङ्गलबार
648Shares
गत असार मसान्तको तुलनामा १८ प्रतिशतले बढेको विदेशी मुद्रा सञ्चिति कति पुग्यो ? पूर्णपाठसहित
ncell

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरण अनुसार मुलुकको विदेशी मुद्रा सञ्चिति १८ खर्ब १६ अर्ब नाघेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ६ महिनाको वित्तीय विवरणअनुसार पुस मसान्तसम्म कुल १८ खर्ब १६ अर्ब ५७ करोड रुपैयाँबराबर विदेशी मुद्रा सञ्चित रहेको तथ्याकंमा उल्लेख छ।

अमेरिकी डलरमा भने यस्तो सञ्चिति १३ अर्ब ६९ करोड रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। गत असार मसान्तको तुलनामा विदेशी मुद्रा सञ्चिति १८ प्रतिशतले बढेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अमेरिकी डलरको हकमा असार मसान्तको तुलनामा विदेशी मुद्रा सञ्चिति रकम १६.९ प्रतिशतले बढेको छ। हालको आयात आधार मान्दा अहिलेको सञ्चितिले १४.५ महिनाको वस्तु आयात र १२.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १६ खर्ब २३ करोड र बैंक तथा वित्तीय संस्थासँग २ खर्ब १६ अर्ब ३५ करोड रुपैयाँबराबर रहेको विवरणमा उल्लेख छ।

पूर्णपाठ


[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2024/02/Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Six-Months-data-of-2080.81.pdf" title="' data of 2080.81)"]

यो समाचार शेयर गर्नुहोस्
648SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?