National life

छ महिनामा २ खर्ब ३७ अर्ब भन्दा बढीले बढ्यो राष्ट्र बैंकको सम्पत्ति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ माघ २०८१, बुधबार
771Shares
छ महिनामा २ खर्ब ३७ अर्ब भन्दा बढीले बढ्यो राष्ट्र बैंकको सम्पत्ति
ncell

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपाल राष्ट्र बैंकको सम्पत्ति २ खर्ब ३७ अर्ब ९१ करोड रुपैयाँले बढेको छ । योसँगै बैंकको कुल सम्पत्ति २३ खर्ब ४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।

गत असार मसान्तमा बैंकको कुल सम्पत्ति २० खर्ब ६७ अर्ब २ करोड रुपैयाँ रहेको थियो । बैंकले यो अवधिमा विदेशी ऋणपत्र, विदेशी बैंकमा राखिएको निक्षेप तथा सुनको प्रमाणपत्रमा समेत लगानी विस्तार गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गत असार मसान्तसम्म ११ खर्ब २७ अर्ब ७४ करोड रुपैयाँ रहेको विदेशी ऋणपत्रको लगानी पुस मसान्तसम्म आइपुग्दा १२ खर्ब ५३ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, विदेशी बैंकमा राखिएको आवधिक निक्षेप ५ खर्ब ९८ अर्ब ५१ करोड रुपैयाँबाट बढेर ६ खर्ब ९१ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । सुनको प्रमाणपत्रमा गरिएको लगानी ८३ अर्ब ३२ करोड रुपैयाँबाट बढेर ९५ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ।

बैंकसँग अहिले २२ खर्ब २ अर्ब ५९ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सम्पत्ति रहेको छ भने स्वदेशी मुद्रा सम्पत्ति १ खर्ब २ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।

नेपाल सरकारद्वारा जारी गरिएको ऋणपत्रमा राष्ट्र बैंकले २३ अर्ब ७६ करोड रुपैयाँ लगानी गरेको छ । राष्ट्र बैंकको सञ्चित नाफा तथा जगेडा कोष गत असारको तुलनामा ८ अर्ब ३५ करोड रुपैयाँले वृद्धि भई हाल ६२ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ।

यस्तै गत असार मसान्तमा ६ खर्ब ८० अर्ब रुपैयाँ रहेको चलनचल्तीको पैसा पुस मसान्तसम्म ७ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ ।

यो समाचार शेयर गर्नुहोस्
771SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?