National life

डिजिटल बीमालेख सम्बन्धी छलफल एवम् अन्तरक्रिया

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ वैशाख २०८१, मङ्गलबार
524Shares
डिजिटल बीमालेख सम्बन्धी छलफल एवम् अन्तरक्रिया
ncell

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले हिमाल, पहाड र तराई मधेशका आवश्यकताका आधारमा फरक फरक बीमालेख ल्याउन बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् ।

नेपाल बीमा प्राधिकरणले डिजिटल बीमालेख मार्गदर्शन जारी गर्न लागेको सन्दर्भमा आइतबार काठमाडौंमा आयोजित डिजिटल बीमालेख सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बजारको समग्र अनुसन्धान गरी नागरिकका आवश्यकता अनुसार नयाँ बीमालेख ल्याउन निर्देशन दिए ।

अध्यक्ष सिलवालले भने, “भविष्य अनिश्चित छ, विपद्को जोखिम सधैं हुन्छ, जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण गर्ने एकमात्र माध्यम भनेको बीमा हो, संसद्, संसदीय समिति, सरकार, राजनीतिक दल लगायत सबैले बीमाका बारेमा बुझेपछि मात्र बीमा क्षेत्रको विकास र पहुँच विस्तारले तीब्रता पाउँछ, त्यसतर्फ सबै लाग्नुपर्छ ।”

बीमा क्षेत्रमा सूचना प्रविधिको अधिकतम् प्रयोग गरी लागत न्यून गर्न र सेवा प्रवाहलाई छिटोछरितो बनाउनका लागि आगामी १५–२० वर्षसम्मको आवश्यकतालाई धान्ने गरी नयाँ सफ्टवेयर संचालनमा ल्याउन बीमा कम्पनीहरूलाई निर्देशन दिनुहुँदै अध्यक्ष सिलवालले भने, “प्राधिकरण क्रमिकरूपमा डिजिटलाइजेशनमा अगाडि बढिरहेको छ, बीमा कम्पनीहरूले पनि लगानी बढाएर नयाँ सफ्टवेयर संचालनमा ल्याउनुपर्छ, कम्पनीका आ–आफ्ना विशेषताहरूलाई सम्बोधन गर्ने गरी नयाँ सफ्टवेयर ल्याउन बीमकका सङ्घहरू अग्रसर हुनुपर्छ, प्राधिकरणले कागजात नस्वीकार्ने निर्णय गरेपछि बाध्य भएर कम्पनीहरू डिजिटलाइजेशनमा जानुपर्ने अवस्था आउनसक्छ ।”

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

लघुबीमा कम्पनीहरूलाई न्यून आय भएका बर्ग र पिछडिएका क्षेत्रलाई लक्षित गरी लघुबीमा व्यवसाय गर्न इजाजतपत्र दिइएको स्पष्ट गर्दै अध्यक्ष सिलवालले भने, “लघुबीमा कम्पनीहरू इजाजतको परिधिभित्र रहनुपर्छ, न्यून आय भएका बर्ग र पिछडिएका क्षेत्रलाई नै लक्षित गरी काम गर्नुपर्छ, फरकखालका नयाँ बीमालेख ल्याउनुपर्छ, बीमाशुल्क सस्तो हुनुपर्छ, दाबी भुक्तानी छिटोछरितो हुनुपर्छ ।”

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरूले खोजमूलक अध्ययन अनुसन्धान गरेर नयाँ नयाँ बीमालेखहरू ल्याउनुपर्ने आवश्यकता औंल्याउँदै नयाँ बीमालेखबाट बीमाको दायरा बढ्ने र बीमा कम्पनीप्रतिको धारणा पनि राम्रो हुने बताए ।

नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले आगामी वर्ष धेरै क्षेत्रमा व्यापकरूपमा डिजिटलाइजेशनमा जाने प्राधिकरणको तयारी रहेको जानकारी दिए । नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले बीमा कम्पनीहरूले पर्याप्त अध्ययन अनुसन्धान गरी बीमालेख ल्याएमा मात्र बीमालेखको बिक्री बढ्ने, बीमित सन्तुष्ट हुने र बीमाप्रतिको विश्वसनीयता समेत बढ्ने बताए ।

नेपाल जीवन बीमक सङ्घका अध्यक्ष पोषक राज पौडेलले बीमा कम्पनीहरू डिजिटलरूपमा अगाडि बढ्न तयार रहेको बताए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल (अधिकारी) ले जीवन बीमालेख स्वीकृतिमा देखिएका समस्या तथा चुनौती सम्बन्धी प्रस्तुती गर्दै बजार अध्ययन गरी नयाँ नयाँ बीमालेख प्रचलनमा ल्याउन बीमा कम्पनीहरूलाई आग्रह गर्नुहुँदै कोडिङ्ग सम्बन्धी व्यवस्थाले बीमालेख स्वीकृतिका लागि आवेदन दिने, स्वीकृति दिने, बीमालेख जारी गर्ने लगायतका कार्य सहज हुने बताए । नेपाल बीमा प्राधिकरणका उपनिर्देशक राम कोजुले बीमालेख कोडिङ्ग तथा डिजिटल बीमालेख सम्बन्धी प्रस्तुती गरे ।

बीमालेख कोडिङ्गको शुभारम्भ

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले कम्प्युटर प्रणालीका माध्यमबाट हरेक बीमालेखलाई कोडिङ् नम्बर दिने कार्य ‘बीमालेख कोडिङ्ग’ को सोमबार काठमाडौंमा शुभारम्भ गरेका छन् ।

बीमालेख कोडिङ्गको कार्यान्वनबाट प्रत्येक बीमालेखको छुट्टाछ्ुट्टै कोड नम्बर हुने, कम्प्युटर प्रणालीबाट नै कोड नम्बर तय हुने, प्राधिकरण र बीमा कम्पनीका वेभसाइटबाट कोड नम्बरका आधारमा बीमालेखबारे समग्र जानकारी प्राप्त गर्न सकिने सुविधाहरू प्राप्त हुनेछन् । कार्यक्रममा जीवन बीमा कम्पनी र लघुबीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा बीमालेख शाखाका प्रमुखहरूको सहभागिता रहेको थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
524SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?